• २०८३ बैशाख २५ गते शुक्रवार

जुम्लामा सीडीओलाई कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १९ ,जुम्ला। जुम्लाका प्रमुख जिल्ला अधिकारी सीडीओ भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । सीडीओ थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा संक्रमण  पुष्टि भएको हो।

‘जनताको जीवन सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी बोकेर कर्तव्य पालनको सिलसिलामा अहोरात्र खटिँदा आज म पनि कोरोनाबाट संक्रमित हुन पुगेको छु ।, ‘अहिले आइसोलेसनमा बसेको छु । कार्यालयसँग सम्बन्धित काममा सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्नुहोला । छिट्टै तपाईंहरुको सेवामा फर्किनेछु ।’

Sharing

प्रतिक्रिया दिनुहोस