• २०८३ जेष्ठ १६ गते शनिवार

थप दुई जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, बाँके। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया र बाँकेका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय वृद्धको शनिबार मृत्यु भएको हो । यस्तै शनिबार बाँकेको कोहलपुर नगरपालिका–५ का २२ वर्षीय युवकको मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस