• २०८३ असार ७ गते आइतवार

१५ अंकले बढ्यो सेयर बजार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौं । साताको दोस्रो दिन सेयर बजार वृद्धि भएको छ । आज सेयर बजार १५.६९ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक ०.५५ प्रतिशतले वृद्धि भएर २८५१.८६ विन्दुमा पुगेको छ ।

आज ५ अर्ब २ करोड २० लाख १७ हजार रुपैयाँमा सेयर खरिदबिक्री भएको छ । २ सय २४ वटा कम्पनीको ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर कारोबार भएको छ ।

साताको दोस्रो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० सेयर मूल्य ८।४२ प्रतिशतले वृद्धि भएको छ । आज यो नै सबैभन्दा धेरै सेयर मूल्य बढेको कम्पनी हो ।

निफ्राको नै सबै भन्दा धेरै कारोबार भएको छ । आज सो कम्पनीको ४९ करोड ३४ लाख ४९ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस