• २०८३ जेष्ठ २५ गते सोमवार

सरकारी छाप किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उदयपुर घर भई बसुन्धारा बस्ने राजु पौडेललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

अदालतले उनलाई ११ महिना ८ दिन कैद र ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । फैसला कार्यान्वयनका लागी उनलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइने एसपी बस्नेतले बताए । ४० वर्षका पौडेल अदालतको फैसलापछि फरार थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस