• २०८३ बैशाख ७ गते सोमवार

हत्या गरेको अभियोगमा २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, खोटाङ । प्रहरीले हत्या गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको अभियोगमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोर रहेका छन् । गिरीराज बुधबार दिउँसो घरबाट निस्की हिडेकोमा अबेरसम्म घर फर्की नआए पश्चात खोजी गर्ने क्रममा घरबाट करिब २ सय मिटर टाढा बारीमा मृत अवस्थामा फेला परेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गिरीराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएपश्चात घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस