• २०८३ असार ६ गते शनिवार

प्रहरीले अवैध लागूऔषध सहित बिभिन्न स्थानबाट मानिसहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १०, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ केजी ७ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रसुवा गोसाईकुण्ड गाउँपालिका-५ स्याफु बस्ने २८ वर्षीया रुपा शेर्पा उनका पति ३६ वर्षीय पाराङवा तामाङ रहेका छन् । रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ६६१९ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार रुपालाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारेको र उक्त सामान उनको श्रीमानले पठाएको भन्ने खुल्न आएपश्चात प्रदेश ३-०२-०१४ प ६२१९ नम्बरको स्कुटरमा काठमाडौंतर्फे आउँदै गरेका पाराङवालाई समेत पक्राउ गरेको हो ।

यसैगरि झापा, कचनकबल गाउँपालिका-५ बस्ने ३७ वर्षीय उपेन्द्र लाल गणेशलाई ७ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै सुनसरी, धरान उपमहानगरपालिका-९ गौतमपथबाट १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय रोशन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को।२ ह १५८८ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा लुकाई राखेको उक्त पदार्थ फेला पारी अटो चालक रोशनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै कञ्चनपुर, भिमदत्त नगरपालिका-६ बसपार्कबाट ५ ग्राम ८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र ४१ हजार ७० रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कृष्णपुर नगरपालिका-५ बस्ने सुरेन्द्र राज भट्ट र भिमदत्त नगरपालिका-८ बस्ने प्रकाश औजी रहेका छन् । सोही ठाउँस्थित सडक किनारमा पार्किङ गरी राखेको ना.४ ख ८२०५ नम्बरको बसभित्र बसिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र वडा प्रही कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस