भदौ १०, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार योसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ५४ हजार ९ सय १५ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ९ सय २९ जना डिस्चार्ज भएका छन । यो सगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ५ हजार ८ सय ९५ जना रहेको छ । आज २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ जना पुगेको छ ।