• २०८३ बैशाख ३१ गते बिहिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौं । प्रहरीले बर्दियाबाट १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-७ चौगुर्जी बस्ने १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई खेतमा घाँस काट्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरि दाङ, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार साँझ २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शान्तिनगर गाउँपालिका-१ बस्ने २० वर्षीय सागर नेपाली र १८ वर्षीय किशोर रहेका छन् । उनीहरुले ती किशोरीलाई ललाई फकाई नजिकै रहेको खेतबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस