• २०८३ जेष्ठ २६ गते मङ्गलवार

भीम आचार्य प्रदेश १ एमाले संसदीय दलको नेता चयन, आजै मुख्य मन्त्री बन्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, मोरङ । प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो ।

वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् । उनी आजै मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई आजै प्रदेश प्रमुखले शपथ खुवाउने छन् ।

प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये अहिले ९२ जना सांसद छन् । प्रदेशसभामा एमालेका मात्र ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन्।

माधव नेपाल पक्षका आचार्यसँगै बलबहादुर साम्सोहाङ, होमकुमारी सावा, जीवन घिमिरे, लक्ष्मण तिवारी, लिलाबल्लब अधिकारी, यसोधा अधिकारी र साबित्री जोशी एमालेमै खुलेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस