• २०८३ बैशाख २८ गते सोमवार

तास खेली रहेको अवस्थामा ५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, रामेछाप । रामेछाप प्रहरीले रामेछापको मन्थली नगरपालिका १ बाट जुवा खेलीरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । चन्द्र बहादुर माझीको घरमा जुवा खेलिरहेको अवस्थामै प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं १ का अन्दाजी ३२ वर्षीय घरधनी चन्द्र बहादुर माझी, वडा नं ६ हात्तिटार बस्ने अन्दाजी ४० वर्षीय तेज बहादुर माझी, वडा नं ८ गाईखुरा बस्ने बस्ने अन्दाजी ४५ वर्षीय आईते माझी, वडा नं ९ पुरानागाउँ बस्ने अन्दाजी ३२ वर्षीय टिकाराज आरण र रामेछाप खाँडादेवी गाउँपालिका घर भैई हाल सिन्धुलीको सुनकोशी गाउँपालिका १ बस्ने अन्दाजी ३८ वर्षीय नरेन्द्र माझी रहेका छन ।

उनीहरुको साथबाट नगद रु १ लाख ९२ हजार ९ सय ५० रुपैयाँ र कौडा थान(१६ समेत बरामद् गरिएको छ । उनीहरुलाई शुक्रबार राति ११ः५० बजे तास खेली रहेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस