• २०८३ असार ४ गते बिहिवार

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा २५६५औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध धर्मावलम्बी तथा शान्तिप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले २५६५औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै बुद्धका प्रेरणादायी मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा विश्व शान्तिका लागि समेत मद्दत पुग्ने बताउनुभएको छ ।

वैशाख पूर्णिमा तिथिको दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको तिथिलाई बुद्ध जयन्तीका रूपमा मनाउने गरिएको छ । राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीबाट बच्न सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सुरक्षित रूपमा बुद्ध जयन्ती मनाउन आह्वान गर्नुभएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको उभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहेका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत समुदायमा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले चाडपर्वले विविध जातजाति र समुदायबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस