बैशाख १३, एजेन्सी। ब्राजिलमा कारोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ९० हजार ९० हजार ७९७ जनाको मृत्यु पुगेको आइतबार त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यहाँ गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण एक हजार ३०५ जनाको मृत्यु भएको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४३ लाख ९३ हजार २०५ जना सङ्क्रमित भएका छन् ।
गत २४ घण्टामा कोभिड–१९ का करिब ३३ हजार जना सङ्क्रमति थपिएका छन् । ब्राजिलमा हाल स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न भएको देखिएको छ ।