• २०८३ जेष्ठ १ गते शुक्रवार

मोरङमा करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १३, मोरङ । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१३ झमेली चोक डेरा गरी बस्ने कटहरी गाउँपालिका-३ घर भएका ५५ वर्षीय राजेन्द्र रजकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रले ती बालिकालाई ललाईफकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस