बैशाख १३, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा स्वयम्भू प्रहरी वृत्तको सहकार्यमा स्वयम्भू भगवान पाउमा कोरोना कोभिड-१९ सम्बन्धि जनचेतनामुलक कार्यक्रम भएको छ। कार्यक्रममा कोरोना संक्रमीत बढीरहेको अवस्थामा आफू पनि बचौ अरुलाइ पनि बचाऔं भन्ने नाराका सहित जनचेतना जगाउनुका साथै बिना मास्क हिड्डुल गर्ने ब्यक्तिहरुलाई केहि बेर यथास्थानमा होल्डमा राखी हालमा मानिसहरुको लापरबाहीले कोरोना बाट भएको घटना सम्बन्धि चेतना मुलुक ज्ञान दिईएको थियो ।

कार्यक्रममा संघले सबैलाई मास्क वितरण समेत गरेको थियो ।राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी र स्वयम्भू प्रहरी वृत्तको सहकार्यमा आज भएको कार्यक्रम काठमाडौं महानगर भित्र यो पहिलो कार्यक्रम रहेको छ । कार्यक्रममा नेकपा एमाले क्षेत्र नं ८का सचिव उदय पसखल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य,क्षेत्र नं ८ का उत्प्रेरक एवं नेकपा एमाले महानगर सदस्य निसार उद्दिन, नेकपा एमाले महानगर सदस्य उद्दब खड्गी, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, सचिव संजय शाही, स्वयम्भू प्रहरी वृत्तको तर्फबाट असइ किसोर खत्री लगायत प्रहरीहरुको टोलि उपस्थिति रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य, क्षेत्र नं ८का उत्प्रेरक एवं नेकपा एमाले महानगर सदस्य उद्दिनले अब १५ वडामा मात्र नभई क्षेत्र नं ८ भरी राष्ट्रिय युवा संघ नेपालले प्रहरीसंग सहकार्य गरेर कोरोना मात्र नभई हरेक समाजिक कार्यमा आफुले क्षेत्र नं ८ भरीका युवाहरुलाइ उत्प्रेरना दिइ अगाडि बढाउने र राष्ट्रिय युवा संघ नेपाल केन्द्रियको तर्फबाट पनि सहयोग रहने बताउनु भयो । यस्तै राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोलले काठमाडौं महानगर भित्र राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले कामपा १५ वडा भित्र रहेका हरेक युवाहरु समाजिक, आर्थिक, खेलकुद लगायत हरेक क्षेत्रमा अगाडि बढाउने र बिगतमा राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले आफ्नै निजि श्रोतमा विभिन्न कार्यक्रम गरिसकेको बताउनु भयो । साथै आजको कार्यक्रममा सहकार्य गरेर साथ दिनुहुने स्वयम्भू प्रहरी वृत्तलाई धेरै धेरै धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
