• २०८३ जेष्ठ ६ गते बुधवार

बाँकेमा १३ गतेदेखि २० गतेसम्म लकडाउन थप

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, बाँके । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा आज जारी सूचनामा बाँकेमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको चेन तोड्न बैशाख १३ गते राति १२ बजेदेखि बैशाख २० गते राति १२ बजेसम्म लकडाउन गरिने उल्लेख छ ।

यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । बैंक, वित्तीय संस्था सबै बन्द हुनेछन् । पसल व्यवसाय संचालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिंड्डुलमा पनि निषेध गरिएको छ ।

दैनिक उपभोग्य बस्तु खरिदका लागि विहान ६ देखि ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल संचालन गर्न दिइने सूचनामा उल्लेख छ । नेपालगन्ज उपमहानगरपालिकामा यस अघि नै बैशाख ८ गते राति १२ बजेदेखि लकडाउन जारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस