• २०८३ बैशाख २८ गते सोमवार

राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानकाे सल्लाहकारमा बुढाथाेकी चयन

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, दाङ । दाङ जिल्लाका प्रतिष्ठीत युवा व्यवसायी उद्योगपति खड्ग बुढाथाेकी राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे सल्लाहकार चयन भएका छन् । प्रतिष्ठानकाे वुधवार बसेकाे बैठकले बुढाथाेकीलाई सल्लाहकारमा चयन गरेकाे हाे ।

दाङ जिल्ला उद्याेग वाणिज्य संघकाे पूर्व उपाध्यक्ष बुढाथाेकीलाई सल्लाहकारमा चयन गरिएकाे पत्र दिएर प्रतिष्ठानले स्वागत गरिएकाे छ । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान दाङमा अध्यक्ष राजेन्द्र दाहालले सल्लाहकारमा चयन गरेकाे पत्र बुढाथाेकीलाई प्रदान गर्नुभएकाे थियाे ।

पत्र ग्रहण गर्दै बुढाथाेकीले संस्थागत विकासका लागी आफु सधै तयार रहेकाे बताउनुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानका उपाध्यक्ष काशीराम केसीले गर्नुभएकाे थियाे ।

Sharing

प्रतिक्रिया दिनुहोस