• २०८३ बैशाख ९ गते बुधवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, काठमाडौँ । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४ सयले वृद्धि भई रु ९२ हजार ८ सयले पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा रु ४ सयले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९ सयमा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस