पौष १०, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप १ सय ६७ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २७ हजार ५८ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७८ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय २६ जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १० हजार ४ सय ९७ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १ जनाको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८३ जना पुगेको छ ।