• २०८३ साउन २० गते बुधवार

पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने निश्चिति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने निश्चित भएको छ । नेपाल प्रहरीमा सफल प्रमुखको छवी बनाएका खनाल यही कात्तिक ९ गते एमाले प्रवेश गर्ने तय भएको स्थायी कमिटी सदस्य किरण गुरूङले जानकारी दिएका छन ।

गुरूङले खनाल एमाले प्रवेश गर्ने सहमति भएको र साइत कुरिएको बताएका छन । खनाललाई तनहुँबाट चुनाव लडाउने तयारी एमालेको छ । खनाल तहुँका स्थायी बासिन्दा हुन । उनी यसअघिदेखि नै एमालेका नेताहरूसँग निकट रहेर काम गरिरहेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस