• २०८३ बैशाख १० गते बिहिवार

कारागार र थुनुवा कक्षलाई पुस्तक सङ्कलन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवन र सामुदायिक सेवा केन्द्र नारायणगढको संयुक्त आयोजनामा पुस्तक सङ्कलन सप्ताह सुरु भएको छ ।

जिल्लाका विभिन्न स्थानमा पुस्तक सङ्कलन गर्न लागिएको हो । कारागार कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष र पिटुसिटुमा पुस्तक राख्नका लागि सङ्कलन कार्यक्रम सञ्चालन गरिएको हो ।

पुल्चोक, चौबिसकोठी, केन्द्रीय बस ट्रमिनलमा पुस्तक सङ्कलन गरिनेछ । कार्यक्रम आजदेखि यही १६ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सङ्कलित पुस्तकले कैदीबन्दी र सडक बालबालिका लाभान्वित हुने बताए ।

पिटुसिटुमा सडक बालबालिका आवासीय रुपमा राखेर अध्ययन अध्यापन गराइँदै आइएको छ । सो अवसरमा सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले आफ्नो प्रकाशन र पसलमा रहेका उत्कृष्ट पुस्तक प्रमुख जिल्ला अधिकारी तामाङलाई हस्तान्तरण गरेका थिए । रासस

Sharing

प्रतिक्रिया दिनुहोस