• २०८३ साउन २९ गते शुक्रवार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या , आरोपित प्रहरीको नियन्त्रण

खबर 24 नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, दाङ । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेका हुन ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालका अनुसार सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा स्यानाकुमारीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस