भदौ ९, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् र पछिल्लो २४ घण्टामा थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ । योसँगै नेपालमा ७ लाख ३ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ जना रहेका छन् । जसमध्ये ३५ हजार २५० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६१० जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।