साउन १०, काठमाण्डौ। विश्व हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विरुद्ध आज आईतबार पनि प्रदर्शन जारी राखेको छ । जिल्ला कार्य समिति धनुषाले जनकपुरधाममा डा। बाबुराम भट्टराई विरूद्ध चर्को नाराबाजी गर्दै उनको पुत्ला समेत दहन गरेको छ ।

उक्त विरोध कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ श्री राम रोशन दास जी महाराज सहित साधु–सन्त तथा परिषदका स्थानीय पदाधिकारी एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । हिन्दू आस्थामाथि कुठाराघात गर्दै डा।बाबुराम भट्टराईले गरेको टिप्पणी फिर्ता लिई सार्वजनिक रूपमा माफी नमागेसम्म विरोध प्रदर्शन जारी रहने परिषदले बताएको छ ।

हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै राजविराज, विरगंज, भैरहवा, तौलिहवा, पोखरा, धनगढी, महेन्द्रनगर लगायतका मुख्य–मुख्य शहरहरूमा विश्व हिन्दू परिषद नेपाल लगायतका संगठनहरुले डा। बाबुराम भट्टराई विरूद्ध प्रदर्शन गर्दै आईरहेका छन ।