साउन १० मुगु । ग्रामिण सामुदायिक संस्था जिएसएस मुगुको साधारण सभातथा १८ औं वार्षिक उत्सवशनिवार सम्पन्नभएको छ । वर्ष भरि गरेकाकाम , प्रगति , चुनौतिका विषयमा जानकारी दिदै संस्थाले शनिवार आफ्नो स्थापना दिवस अर्थात वार्षिक उत्सव मनाएको हो ।

शनिवार परेको स्थापनादिवस तथाबार्षिक उत्सवको दिवसमाजम्मा १ करोड ५९ लाख बरावरको बजेटमा संस्थाले गरेको काम प्रगतिको बारेमा जानकारी गराईएको थियो ।

यति मात्र नभई संस्थाले यहाका दलित, विपन्न परिवारका छोरीहरुलाई उच्च शिक्षा, प्राविधिकतह सम्मको शिक्षालाई पनि अध्यापन गराउदै आएको छ । यो कार्यक्रमले अहिले जिल्लाकादुई दर्जन भन्दा बढि दलित छात्राहरु लाभाव्न्वित भएका छन् । आर्थिक वर्ष २०७७।७८ मा जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउपालिका र खत्याड गाउपालिकागरि ६ जना दलित छात्राहरु प्राविधिक शिक्षा र जिल्लाका चार वटै स्थानीय तहका दलित छात्राहरु लाई स्टेनसनरीका सामान , आवश्यक सामग्री सहयोग गरि जम्मा ९ लाखमा संस्थाले यो कार्यक्रम सञ्चालन गरि रहेको जिएसएस मुगुले जनाएको छ ।
संस्थाका अनुसार अपांगता अधिकार तथा शिक्षा सुधार कार्यक्रम अन्तर्गत सोरु गाउपालिकाका वडा नं १ देखि ७ र ९ का लाभग्राहीलाई आत्मनिर्भर बनाउने हेतुले विभिन्न प्रकारका सिप प्रदान गरेको ग्रामिण सामुदायिक संस्था जिएसएस मुगुका कार्यक्रम संयोजक बासु रावलले बताए । उनका अनुसार उक्तकार्यक्रममा १४ जनाले आर्य आर्जन १ जनाले बंगुर, १ जना शिलाई कटाई २० जना खरायो पालन १ जनाकुखुरा र वाख्रापालन गरेको जानकारी दिए ।
यति मात्र नभई जिल्लालाई अझै सहि मार्गमा र विकासका हिसावले संस्थाले पनि महत्पुर्ण भुमिका खेलि रहेको र अझै खेल्नु पर्ने युएमएन मुगुका नेत्र शाहीले बताए । त्यस्तै सोरु गाउपालिकाका २८ वटा विद्यालय कक्षा १ मा बसाई ब्यवस्थापनको लागि कुसन, कारर्पेट, पिफर्म बालमैत्री शिक्षा प्रदानको लागि ४० प्रकारका शैक्षिक सामाग्री किताव राख्ने दराज, लैगिक मैत्रीहातधुने ३ शौचालय बन्जाह, जिमा, सिडीका विद्यालयललाई शौचालय भवन निर्माण गरेको संस्थाले जानकारी दिएको छ ।
एकातिर संस्थाले प्रदानगर्दे आईरहेको दलित छात्रा वृद्धिमा विद्यार्थीहरु असन्तुष्ठ रहेका छन् । उक्त संस्थाबाट छात्र वृद्धि पाई रहेकि छायानाथ रारा नगरपालिका वडा नं १ कि छात्रा सम्झना नेपाली पछिल्लो समय आएर आफु असन्तुष्ठ रहेको बताईन । संस्थाले सहयोग त गरेको छ तर पढाईमा खर्चमा जति आवश्यक पर्छ उति दिदैन आधा आफुले नै ब्यवस्थापन गर्नु पर्दछ । कि संस्थाले यस्तो कार्यक्रम नल्याउनु थियो ल्याई हाल्यो यदि ल्याए पछि आवश्यक सबै कुरा परिपुर्ति गरि दिन उनको माग रहेको छ भने त्यस्तै पिना गाउका एक स्थानीयका अनुसार स्थापना भएको १८ वर्ष बिति सक्दापनि यो संस्थाले पिना गाउमा कुनै पनि सेवा प्रवाह नगरेको बताए ।
विकासका काममा, राहत वितरण होस या जुन सुकै कामगर्न खोज्दा राजनितिक हिसावले गर्दा अलि सेवा प्रवाहमा चुनौती भएको अध्यक्ष बलराम साहनीले बताए । शनिवार सम्पन्न कार्यक्रममा संस्थाले निति नियम पनि पारित गरेको छ ।