साउन १०, धनकुटा । हिले भोजपुर सडकखण्ड स्थित धनकुटाको पञ्चेमा आइतबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकी १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

झापाको काकडभिट्टाबाट भोजपुर सदरमुकामका हिँडेको प्रदेश १–०१–००१ख–३४२९ नम्बरको बस दुर्घटना भएको थियो । बसमा ३५ यात्रु सबार रहेका थिइ ।