काठमाडौं, १० साउन । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले संक्रमण बढिरहेकाले निषेधाज्ञा पुरै नहट्ने बताएका छन् । आज चार बजे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप निर्णय हुने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।
फिल्म हल र जीमखानाबारे आज छलफल गरेर निर्णय गरिने पराजुलीले बताए ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आइतबार राति १२ बजे सकिँदै छ ।
उपत्यकामा सार्वजनिक सवारीसाधन खुलेपनि रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने बताइएको छ ।