• २०८३ बैशाख ३१ गते बिहिवार

लागूऔषध खुवाई जबरजस्ती करणी गर्ने एकजना पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाकी १९ बर्षीया यु्वतीलाई लागूऔषध खुवाई जबरजस्ती करणी गरेर फरार रहेका हुम्लाका २४ बर्षीय मिम बहादुर बुढा काठमाण्डौको हाँडीगाउँबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार बुढाले युवतीलाई घरबाट भ्रमणमा जाने वाहनामा गत मंसिर ५ गते बाँकेको वैजनाथ गाउँपालिका वडा नम्बर १ स्थित गाभर भ्यालीको होमस्टे भित्र लगी जुसमा लागूऔषध नाइट्राजेपाम मिसाई खुवाएर वेहोस पारी जबरजस्ती करणी गरेर फरार भएका थिए । काठमाण्डौंमा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो काठमाण्डौ समेतको सहयोगमा बुढालाई चैत ८ गते काठमाण्डौ हाडीगाँउबाट पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस