• २०८३ बैशाख ४ गते शुक्रवार

गोरु काटेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, बागलुङ । ढोरपाटन नगरपालिका-८ भित्ता टोलस्थित पाखोबारीबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर बिक समेत ५ जनालाई गोरुको मासु सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

गोरु काटेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई गोरु काटीरहेको अवस्थामा गोरूको मासु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस