• २०८३ भाद्र २९ गते सोमवार

बाँके प्रहरीले १० किलो हात्तीको दाँतसहित एकजना पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, बाँके । प्रहरीले विशेष सूचनाका आधारमा बैजनाथ गाउँपालिका वडा नं. २, तिलकपुर बस्ने पूर्णबहादुर थारुलाई दश किलो हात्तीको दाँतसहित एकजना पक्राउ गरेको छ ।

थारुले घर पछाडी रहेको शौचालयको सेफ्टी ट्यांकीछेउमा निलो प्लाष्टिकमा लपेटी सेतो बोराभित्र २९ इन्च लम्बई, दश किलो तौल भएको हात्तीको दाँत राखेका थिए । थारुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाइएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस