• २०८३ जेष्ठ २७ गते बुधवार

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण १३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले बिहीवारको लागि बोलाएको स्थायी कमिटी स्थगित भएको जनाएको छ । बुधवारदेखि शुरू भएको बैठक बिहीवार बिहान बस्ने तयारी थियो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा ओलीको अध्यक्षतामा बुधवारको बैठक बसेको थियो । बैठकमा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, उर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणिचन्द्र थापा, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल लगायत नेताहरूको उपस्थित थियो ।

https://khabar24nepal.com/02/25/2021/62187/

 

Sharing

प्रतिक्रिया दिनुहोस