• २०८३ बैशाख २९ गते मङ्गलवार

गाउँपालिकाको डाटा ईन्ट्री गर्न सदरमुकाम गमगढीमा , कार्मारोङ्ग गाउपालिकामा ईन्टरनेटको समस्या

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

फागुन १३, मुगु । जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिकामा गतिलो सँग ईन्टरनेटले काम नगर्दा सेवा प्रवाहमा समस्या आएको छ । गाउँपालिकामा जडित वल्र्डलिंकको टावरले गतिलो सँग काम नगर्नु र यसको क्षमता पनि कम भएकाले गाउपालिकाको सेवा प्रवाहमा समस्या आएको हो ।

गाउँपालिकामा बढि मात्रा ईन्टरनेट बाटै काम गर्नु परेकाले सहजै रुपमा ईन्टरनेटले काम नगर्दा यहाका कर्मचारीहरु लाई सास्ती भएको छ । गाउपालिकाका विषयगत शाखाहरुमा ईन्टरनेट मार्फत काम गर्नु पर्ने र ति मध्ये बढि मात्रा स्वास्थ्य शाखा , प्रशासन शाखा , लेखा शाखा र पञ्जिकरण शाखामा अत्याधिक ईन्टरनेटको आवश्यकता पर्ने हुनाले सहजै रुपमा काम नगर्दा र गाउपालिकामा सेवा लिन आएका सेवाग्राही लाई पनि धैरे बेर सम्म कुराउनु पर्ने अवस्था आएको मुगुम कार्मारोङ्ग गाउपालिकाका पञ्जिकरण सेवा ईकाईका एम.आई.एस अपरेटर अर्जुन बुढाले बताए ।

उनका अनुसार आफु रहने शाखामा बढि मात्रा ईनटरनेट मार्फत काम गर्नु परेको र यस शाखा बाट प्रवाह हुने सामाजिक सुरक्षा भत्ता , जन्म , मृत्यु , बिवाह , बसाईसराई लगायत गाउपालिका बाट प्रवाह हुने सेवाहरु डाटा ईन्ट्री ,गर्नु परेकाले उपयुक्त सँग ईन्टरनेटले काम नगर्दा सास्ती भएको बुढाको भनाई छ ।

उनले भने गाउँपालिकामा ईन्टरनेटले गतिलो सँग काम नगर्दा सेवा प्रवाह लाई छिटो छरितो र सेवामुखि बनाउनको निम्ति यस गाउपालिका बाट एक दिनको पैदल यात्रा गरेर सदरमुकाम गमगढी बजार गएर पनि सेवा प्रवाह गरेको बुढाको भनाई रहेको छ ।

गाउँपालिकामा सुविधा सम्पन्न भवन निर्माण भएता पनि गतिलो सँग ईन्टरनेटले काम नगर्दा यहाका कर्मचारीहरुले सास्ती खेपिरहेका छन । भौगोलिक विकटता र सञ्चार क्षेत्रले पछि रहेको कर्णाली प्रदेशको जिल्ला मुगुमा हाल सम्म पनि उस्तै कथा रहेको छ । सदरमुकाम गमगढी बजार देखि करिब एक दिनको बाटो टाढा रहेको मुगुम कार्मारोङ्ग गाउपालिकामा हाल सम्म शिक्षा , स्वास्थ्य , सञ्चार लगायत भुगालले ठगेको यस गाउपालिकामा उस्तै समस्या रहेको गाउपालिकाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस