• २०८३ जेष्ठ ८ गते शुक्रवार

देशका ६२ अस्पताल बाट कोरोनाविरुद्धको खोप दिइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, काठमाडौं। कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गतेबाट सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जानकारी दिनुभएको हो ।

स्वास्थ्यमन्त्री त्रिपाठीले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा खोप लगाउने पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई खोप लगाएर खोप अभियानको शुभारम्भ गर्ने जानकारी दिनुभयो । मन्त्री त्रिपाठीका अनुसार उक्त खोप अभियान सातवटै प्रदेशका अस्पताल तथा काठमाडौंमा रहेका प्रमुख अस्पतालहरुमा भर्चुअल विधिबाट एकैसाथ शुभारम्भ हुनेछ ।

माग १४ गते सातै प्रदेशभित्रका ६२ वटा अस्पतालहरुमा र १२० भन्दा बढी खोप केन्द्रहरुबाट कोरोना विरुद्धको खोप अभियान सुभारम्भ हुने मन्त्री त्रिपाठीको भनाइ छ । १८ गतेभित्र देशका ७७ वटै जिल्लाका ३०० वटा खोप केन्द्र मार्फत खोप अभियान संचालन हुनेछ । मन्त्री त्रिपाठीले पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न हुने बताउनुभयो । पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य रहेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

सातै प्रदेशमा खोप अभियान सञ्चालनका लागि टेकुस्थित राष्ट्रिय खोप भण्डारण केन्द्रबाट सातै प्रदेशका खोप भण्डारण केन्द्रमा आवश्यक खोप आइतबार पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस