• २०८३ बैशाख ३० गते बुधवार

खवर 24 नेपाल डटकमकर्मी सुनार सम्मानित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मुगु ९ पुष । मुगु जिल्लाका खवर24 नेपाल डटकमकर्मी खड्क सुनार सम्मानित भएका छन् । उनलाइ मालिका सामुदायिक विकास केन्द्रले विहिवार आयोजना गरेको एक दिने पत्रकारिता तालिममा, ग्रामिण हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैविक विविधता संरक्षण शुलभ परियोजना अन्तर्गत पत्रकारिताको माध्यम बाट उच्च मुल्यांकन गर्दे खवर २४ नेपालकर्मी सुनार लाई सम्मानित गरिएको हो ।

सुनार लाई मालिका सामुदायिक विकास केन्द्र मुगुका अध्यक्ष सुरेश शाही र नेपाल पत्रकार महासंघ शाखा मुगुका उपाध्यक्ष दान बहादुर बुढाले संयुक्त रुपमा कदर पत्र र नगद ५ हजार सहित सुनार सम्मानित भएका हुन । सो संस्थाले वर्ष पिच्छे दुर्गमका पत्रकारलाई थप पत्रकारितामा आयाम थपियोस भनेर तालिम प्रदान गर्दे आई रहेको छ । पछिल्लो समय मालिका संस्था जिल्लामै पहिलो पटक पत्रकारलाई तालिम दिने संस्था पनि रहेको छ । यो संस्थाले मालिकाबाट समुदाय स्तरमा गरेका काम प्रयास, चुनौतिलाई सञ्चारमाध्यममा ल्याउन अध्यक्ष सुरेश शाहीले बताए ।

यता नेपाल पत्रकार महासंघ मुगुका उपाध्यक्ष दान बहादुर बुढाले यस्ता खालका तालिम एक दिने मात्र नभएर पत्रकार लाई अझै थप मजबुद गर्न एक हप्ता सम्म तालिमको आयोजना गर्न बुढाले आग्रह गरेका छन् । सुनार स्थानीय रेडियो, समाचार ऐजेन्सि न्युज कारखाना ,  खवर 24 नेपाल डटकममा कार्यरत रहनु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस