• २०८३ कार्तिक २ गते आइतवार

थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाल आइपुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ९,काठमाडौं ।अमेरिकी सरकारले उपलब्ध गराएको थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाल आइपुगेको छ। सो खोप कतार एयरवेजबाट शुक्रबार काठमाडौं ल्याइएको हो। उक्त खोप अमेरिकी सरकारले कोभिड( १९ खोप कोभ्याक्स सुविधानअन्तर्गत नेपाललाई उपलब्ध गराएको हो।

यो खोप विद्यालय जाने १२ देखि १७ वर्ष उमेर समूहकालाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।सरकारले आगामी १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर(किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ।५७ जिल्लामा भने १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप दिन सुरु गरेको छ।

सरकारले प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने तयारी गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस