पौष ९, एजेन्सी । बेलायतमा बिहीबार एकैदिन झन्डै एक लाख बीस हजार संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् ।

यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड १७ लाख ६९ हजार ९२१ पुगेको छ । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण बढेपछि बेलायतमा हाल संक्रमण दर निकै तीव्र रुपमा फैलिएको छ ।
यसअघिको डेल्टा भेरिएन्टको तुलनामा ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिने भएपनि यसको असर डेल्टा भेरिएन्ट भन्दा कम रहेको र अस्पताल भर्ना हुनुपर्ने अवस्था पनि न्यून रहेको अध्ययनले देखाएको छ ।