• २०८३ बैशाख २५ गते शुक्रवार

यु १९ एसिया कपमा आज नेपाल र बंगलादेश भिड्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस,९ काठमाडौ ा युएईमा जारी एसीसी यु १९ एकदिवसीय एसिया कपमा नेपालले आज बंगलादेशविरूद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११-१५ बजेदेखि शारजाहको मैदानमा सुरू हुनेछ।एसिया कपको पछिल्लो पाँच खेलमा नेपालले टेष्ट राष्ट्र बंगलादेशलाई हराउन सकेको छैन ।

नेपाल र बंगलादेशले एसिया कपमा पहिलोपटक सन् २००८ मा खेलेका थिए। सो प्रतियोगिताको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। दोस्रो खेलमा बंगलादेशले नेपाललाई ३ विकेटले हराएको थियो। यस्तै, सन् २०१६ मा भएको तेस्रो भिडन्तमा बंगलादेशले नेपाललाई ६ विकेटले हराएको थियो।

एसिया कपअन्तर्गत बंगलादेशविरुद्ध नेपालले चौथो खेल २०१७ मा खेलेको थियो। मलेसियामा भएको उक्त खेलमा बंगालदेशले अन्तिम बल बाँकी छँदै डिएल नियम अनुसार २ विकेटले नेपाललाई हराएको थियो।एसिया कपमा नेपालले बंगलादेशविरूद्ध पछिल्लो पटक सन् २०१९ श्रीलंकामा खेलेको थियो। उक्त खेलमा नेपालले दिएको २६१ रनको लक्ष्य बंगलादेशले ४ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको थियो।

देव खनालको कप्तानीमा रहेको नेपालले आज टेष्ट राष्ट्र बंगलादेशलाई राम्रै चुनौती दिने आँकलन गरिएको छ।अघिल्लो संस्करणको फाइनलिस्ट बंगलादेशलाई हराउँदै नेपालले प्रतियोगितामा सानदार सुरूआत गर्न चाहन्छ।

बंगलादेशविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ स् सन्तोष कार्की, अर्जुन कुमाल, देव खनाल ९कप्तान०, विवेक रानामगर, अर्जुन साउँद ९विकेटकीपर०, आदिल अन्सारी, शेर मल्ल ९उपकप्तान०, विवेक यादव, गुल्शन झा, दुर्गेश गुप्ता र दीपेश कँडेल।

Sharing

प्रतिक्रिया दिनुहोस