• २०८३ बैशाख ८ गते मङ्गलवार

हत्या अभियोगमा श्रीमान् पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ९, चितवन । जिल्ला प्रहरी कार्यालयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या अभियोगमा उनका २५ वर्षीय श्रीमान् साजन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

अम्बिकालाई यही पुस ५ गते राति घाइते भई लडिरहेको अवस्थामा भेटाइएको थियो । कार्यालयका अनुसार अम्बिकाको उपचारका क्रममा मृत्यु भएपछि उनको शरीरमा भएको घाउचोटका कारण हत्या भएको पुष्टि भएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस