• २०८३ असार १ गते सोमवार

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष साउदद्वारा राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, कैलाली । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष साउदद्वारा राजीनामा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरवहादुर साउदले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजीनामापत्र पठाएको बताउनुभयो ।

मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउँदै सक्कलपत्र आएपछि राजीनमाबारे छलफल गरिने बताउनुभयो । एमालेसम्बद्ध मन्त्रीहरू प्रदेश सरकारबाट बाहिरीएपछि प्रदेश सरकारलाई काम गर्न सहज होस् भनेर राजीनामा दिएको र सक्कल कुरियरबाट पठाएको बताइएको छ ।

साउदलाई गत वर्ष पुस १३ गते प्रदेशको मन्त्रीपरिषद्को बैठकले उहाँलाई प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगको अध्यक्षमा मुख्यमन्त्री अध्यक्ष रहने व्यवस्था छ ।

Sharing

प्रतिक्रिया दिनुहोस