• २०८३ असोज ११ गते आइतवार

एमालेसँग प्रभु साहका आठ असन्तुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेता प्रभु साहले एमाले नेतृत्वसँग आठ असन्तुष्टि जनाएका छन् । गत फागुन २३ को फैसलाले नेकपालाई वैधता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काउँदा एमालेतिर बसेका साह एमालेका पछिल्ला पार्टी बैठकमा समेत अनुपस्थित हुने गरेका छन् ।

बरु, साहले आफ्नो छुट्टै समूह बनाएर ‘आइटी आर्मी’ का नाममा गतिविधि गर्दै आएका छन् । हालै उनले पार्टी नेतृत्वलाई एमालेलाई नेकपाकै निरन्तरतामा बुझ्नुपर्ने, नेकपाले अभ्यास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनसम्म व्यापक छलफल गर्दै विकास गर्नुपर्ने, संविधानका त्रुटी सच्याउँदै समाजवादको दिशामा अघि बढ्नुपर्ने, नेता कार्यकर्ताहरूको मर्यादाक्रम निर्धारण गर्नुपर्ने, पार्टी संगठन र जवसहरुमा सम्मानजनक सहभागिता हुनुपर्ने तथा आइटी आर्मीलाई जनसंगठनकै रुपमा मान्यता दिनुपर्ने लगायतका माग अघि सारेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस