• २०८३ बैशाख ९ गते बुधवार

पहिरोले भीमद्वत्त राजमार्ग अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ९ साउन । अविरल वर्षापछि आएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ गैरा नजिकै शनिबार बिहान ८ बजेतिर पहिरो खस्दा सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएको हो।

माथिबाट रुखसँगै ठूलठूला ढुंगाहरू खसेका छन्। पहिरो हटाउनका लागि डोजर पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। पहिरोले सडक अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लाबाट छुटेका सवारी साधनहरूबीच बाटोमै रोकिएका छन्। गन्तव्यतिर हिँडेका सयौं यात्रुहरू पनि बाटोमै अलपत्र परेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस