• २०८३ बैशाख ७ गते सोमवार

चारवटा अनलाइन प्रेस काउन्सिल नेपालको कालो सूचिमा (प्रेस विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लंघन गरेको विषयमा विहीबार विज्ञप्ति जारी गर्दै चारवटा अनलाइनलाई कालो सूचिमा राखेको जनाएको छ । यस्तै काउन्सिलले १३ वटा अनलाइन र एक सञ्चार विज्ञलाई लिखित पत्र काटेको जनाएको छ ।

काउन्सिलले पछिल्लो १५ दिनमा १५ वटा वेभपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको समेत विज्ञप्तिमा जनाइएको छ । यसैबीच पछिल्लो समय रुपा सुनवार र सरस्वती प्रधानको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा समाचार सामग्रीप्रति समेत प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।

“पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(२) मा ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेद्भाव हुने वा घृणा उत्पन्न गर्नेगरी समाचार सामग्री उत्पादनरप्रकाशनरप्रसारण र वितरण गर्न हुँदैन’ भन्ने व्यवस्था रहेको हुँदा यस्ता समाचार सम्प्रेषण गर्दा यी पक्षमा ध्यान पुर्‍याउन सम्बन्धित सम्पूर्ण पत्रकार तथा आमसञ्चारमाध्यमको ध्यानाकर्षण गराइन्छ” विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति - ४ अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) कालोसूचीमा - पेज १

प्रेस विज्ञप्ति - ४ अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) कालोसूचीमा - पेज २

Sharing

प्रतिक्रिया दिनुहोस