• २०८३ जेष्ठ ३ गते आइतवार

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली डेरा गरी बस्ने जनक बहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे घुम्लु गाउँपालिका-१ घर भएका रमेश पन्त समेत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त कोठामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस