• २०८३ भाद्र ७ गते आइतवार

कोलम्बिया २–१ गोल अन्तरले ब्राजिलसगँ पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । बिहिबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको दशौं मिनेटमा जुआन कुआड्राडाको पासलाई सदुपयोग गर्दै डियाजले कोलम्बियालाई अग्रता दिलाएका थिए । खेल सकिन १२ मिनेट अघि रिनान लोडीको पासमा फिर्मिन्होले ब्राजिलका लागि बराबरी गोल फर्काए । नेयमारले उपलब्ध गराएको पासमा कासमिरोले गोल गर्दै ब्राजिललाई जित दिलाए । कोपा अमेरिकामा ब्राजिलले लगातार तेस्रो खेलमा जित निकालेको छ ।

ब्राजिलले ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । ब्राजिलसंग पराजित बनेको कोलम्बिया ४ अंक सहित दोस्रो स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस