• २०८३ जेष्ठ १७ गते आइतवार

नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन केपी ओलीलाई विप्लवको चेतावनी (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार विज्ञप्ति जारी गर्दै हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भएपनि सत्तासंकट टार्नकै लागि सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याएको बताएका छन् ।

विप्लवले विज्ञप्तीमा भनेका छन ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिंदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ । त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ,’

राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’ विप्लवले विज्ञप्तिमा भनेका छन् ।

हेर्नुहोस विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस