जेठ १०, रोल्पा । रोल्पाको होलेरीमा अष्ट्रेलीयन एडको आर्थीक सहयोग आड्रा नेपाल, रुपान्तरण र ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपालको साझेदारीमा सञ्चालित कृषि तथा तथा जीविकोपार्जन प्रबर्धन (गोल दोश्रो) परियोजना बाट रुन्टीगढी गाँउपालिका अन्र्तगत रुन्टीगढी आईसोलेसनलाई करिव २ लाख ३० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड १९ कोरोना भाइरसको कारण हुने जोखिम लाई न्युनीकरण गर्नको लागी स्थानिय रुन्टीगढी आईसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको गोल परियोजना २ का रुन्टीगढी गाँउपालिका संयोजक वासुदेव पोखे्रलले जानकारी दिनुभएको छ ।

कारोना महामारीको वढ्दो संक्रमणलाई न्युनीकरण गर्ने उद्येश्यका साथ रुन्टीगढी आईसोलेसनलाई परियोजनाले सेनिटाईजर, ह्याण्डवास,मास्क ,पीपीई सेट लगायतको सामाग्री रुडास नेपालका रोल्पा जिल्ला अध्यक्ष विनोद रिजालले गाउँपालिकाका अध्यक्ष बालाराम बढा,स्वास्थ्य शाखा प्रमुख गणेश बुढा, स्वास्थ्यकर्मी लगायत को टिमलाई हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै रुन्टीगढी गाँउपालिकाका अध्यक्ष बालाराम बुढाले गोल दोस्रो परियोजनाले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीले यस क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
यस्तै रोल्पाको रुन्टीगढी गाउँपालिकामा यो समाचार तयार गर्दा सम्म १२ जनाले कोरोना जित्न सफल भएको जानकारी प्राप्त भएको छ । हाल सम्म ५८ जनाको एन्टीजेन विधिबाट गरिएको कारोना परिक्षणमा ३० जना लाई कोरोना संक्रमण भएको र अहिले १८ जना सक्रिय संक्रमित रहेको रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख गणेश बुढाले जानकारी दिनुभएको छ । कोरोनाको कारण रुन्टीगढी गाउँपालिकामा २ जनाको मृत्यु भैसकेको छ ।