• २०८३ बैशाख ९ गते बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१० बस्ने २४ वर्षीय गणेश चौधरी र सोही नगरपालिका-९ बस्ने २३ वर्षीय रविन बिक रहेका छन् ।

शिवसताक्षी नगरपालिका-७ रुदिलास्थित केराघारी बाँसको झ्याङमा आइतबार उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस