चैत ११, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जातजातीबिच छुवाछुत गर्नु जघन्य अपराध सरह भएको बताउनुभएको छ । बुधबार आज बागमती प्रदेशको राजधानी हेटौंडामा दलितमैत्री नीति तथा कार्यक्रम सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री समेत रहनुभएका मुख्यमन्त्री पौडेलले जातजातीबिच छुवाछूत र भेदभाव गर्नु जघन्य अपराध सरह भएको बताउनुभएको हो ।

उहाँले समाजमा आर्थिक, साँस्कृतिक र सामाजिक बिकास नभएसम्म मुकुलमा समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । प्रदेशभरीका ११९ ओटै स्थानिय तहमा समेत दलित सामुदायको प्रतिनिधित्व रहेको मुख्यमन्त्री पौडेलले तर्क गर्नुभयो । देशमा धेरै राजनितीक परिवर्तन भएपनि सामाजिक ,आर्थिक र साँस्कृतिक परिवर्तन नभएका कारण पुर्ण रुपमा छुवाछूत अन्त्य गर्न नसकिएको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले दलित शसक्तिकरणसम्बन्धि बिध्यकको मस्यौदा ग्रहण गर्दै प्रदेश सरकारले सो बिध्यकलाई छिटै संसदबाट पास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । समता फाउण्डेसनको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा अधिवक्ता प्रकाश नेपालीले दलित सशक्तीकरण सम्बन्धी बिधेयकको मस्यौदाको प्रस्तुती गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ , प्रदेशका प्रमुख सचिब डा। मान बहादुर बिके, सामाजिक मन्त्रालयका सचिब दिपक काफ्ले लगायत विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।