• २०८३ बैशाख १९ गते शनिवार

कुनै हालतमा राजीनामा आउँदैनः शिक्षामन्त्री श्रेष्ठ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन १२, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नु भएको छ । सिटिइभीटीको १३ औं वार्षिकउत्सव कार्यकममा पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनै पनि हालतमा राजिनामा नदिने बताउनु भएकोे हो ।

राजिनामा दिने हामी कायर हो, कुनै पनि हालतमा राजिनामा आउदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताब फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्नुहुन्छ । उहाँले भन्नुभयो । उहाँले अदालतले गरेको निर्णयलाई सम्मान गर्छौै तर यो निर्णयले झन् विवाद बढाएको बताउदैं हामी जनताबाट आएका हौ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्ने भन्नुभयो ।

‘संसद पुनस्थापना भए लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाडेको उल्लेख गर्दै सपना बाड्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पार्नुभयो । अबको प्रधानमन्त्री पनि केपी ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ–उनले भने ।

हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौ, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउदा गलत भएको छ । अदालतको फैसलापछिको विष्लेषण गर्दै उनले भने, अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ । अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौ, खेल खेल्ने तयारीमा छौ, हामीले गोल गरेरै देखाउछौ ।

हामीसँग नेपालको राजनीतिमा पेले छन्, रोनाल्डो छ, म्यारोडोना र मेसी हामीसँगै छ त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आए पनि राजनीति मैदान छाड्नेवाला छैनौ, हाम्रै जीत सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गनैछौ ।

Sharing

प्रतिक्रिया दिनुहोस