• २०८३ जेष्ठ ४ गते सोमवार

अबको लडाइँ संसदमा : प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको स्वरूप फेरिएको बताएका छन् । आज स्थायी कमिटी सदस्यहरूको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अबको लडाइँ संसदमा हुने बताएका हुन् ।

‘अब संसदभित्रको लडाइँ प्रमुख भएको छ । विपक्षीहरू कसरी आउँछन्, हाम्रो रणनीति त्यही अनुसारको बन्नुपर्छ, ‘ओलीको भनाइ उदृत गर्दै स्थायी समिति सदस्य सत्यनारायण मण्डलले भने, ‘हामीले हरेक परिस्थितिको सामना गरेर अघि बढ्नुपर्छ ।’

अर्का स्थायी कमिटी सदस्य लेखराज भट्टले बिहीबार बस्ने बैठकले अहिलेको परिस्थितिबारे थप निर्णय गर्ने बताए । यसैगरी, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार वटा निर्णय गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस