फागुन १२, दाङ । दाङ प्रहरीले मोटरसाइकल चोरी गर्ने २ जनालाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले मंगलबार दिउसो २ बजे घोराहीको नयाँ वसपार्कबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका गढवा गाउँपालिका वडा नंम्वर ६ का १९ वर्षीय असिम खान र सोही ठाउँका बरुन कुमाललाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।कपिलबस्तुका शिवराज नगरपालिका वडा नंम्वर ३ का ३० वर्षीय विक्रम केसीको लु १८ प ९५०४ नंम्वरको १ सय ५० सीसीको पल्सर मोटरसाईकल र दाङको गढवा गाउँपालिका वडा नंम्वर २ का गिरीराज भुषालको बा ८३ प ७६७५ नंम्वरको १ सय ५० सीसीको पल्सर मोटरसाईकल चोरी भएको थियो ।
केसी र भुषालले जिल्ला प्रहरी कार्यालय दाङमा दिएको निवेदनका अधारमा मोटरसाईकल चोरीमा संलग्न खान र कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भैरहेको दाङ प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिए ।